अमेरिकाले इरानविरुद्धको आक्रमण रोक्यो, अब रक्षात्मक रणनीति अपनाउने

User Image Prime TV News २ दिन अगाडि
Image of अमेरिकाले इरानविरुद्धको आक्रमण रोक्यो, अब रक्षात्मक रणनीति अपनाउने

काठमाडौ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको विरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका छन्।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युरी’ अब सकिएको बताएका हुन्। उनका अनुसार अब अमेरिका रक्षात्मक अवस्थामा रहनेछ।

रुबियोले भने, “अपरेसन एपिक फ्युरी समाप्त भएको छ । राष्ट्रपतिले कंग्रेसलाई जानकारी गराएअनुसार हामीले त्यो चरणको काम पूरा गरेका छौँ ।”

रुबियोले अब इरानी बन्दरगाहमा नाकाबन्दी कायम राख्ने र होर्मुज जलमार्गमाव्यापारिक जहाजको आवतजावत सहज  बनाउनेमा ध्यान दिने बताए। उनले अमेरिका पहिले आक्रमण नगर्ने तर आक्रमण भए कडा जवाफ दिने चेतावनी पनि दिएका छन्।

यसबीच होर्मुज क्षेत्रमा जारी तनावका कारण १० जना सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरिएको छ।