सुनचाँदीको भाउ एकैदिन बढ्यो

User Image Prime TV News २ दिन अगाडि
Image of सुनचाँदीको भाउ एकैदिन बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेको हो।

आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। हिजो भने सुन २ लाख ९१ हजार रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५४ हजार ४६० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ कायम भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका कारण नेपालमा पनि सुनचाँदी महँगिएको हो।