कांग्रेस सांसदलाई प्रशिक्षण दिने तयारी
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
बुधबार दिउँसो १ बजे सिंहदरवारमा संसदीय दलको बैठक बस्नेछ। सो बैठकमा सभापति थापाले संसदमा सांसदहरूले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिने कार्यक्रम रहेको छ। संसदीय दलका नेता भिष्मराज आङदेम्बेलेका अनुसार बैठकमा अन्य महत्वपूर्ण विषयमा पनि छलफल हुनेछ।
उनले भने ‘दिउँसो १ बजे संसदीय दलको बैठक बस्दैछ । त्यो बैठकमा सभापतिजीले संसदमा विधायकले खेल्नुपर्ने भूमिकाबारे सांसद साथीहरूलाई प्रशिक्षण दिनुहुनेछ,’। सरकारले ल्याएका अध्यादेश र सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि कुरा हुने बताइएको छ।







