ओलीको राहदानी रोक्का र बस्नेतमाथि मुद्दा तयारी प्रति युवा संघको आपत्ति (विज्ञप्ती सहित)


काठमाडौ । जेनजी आन्दोलनका घटनाहरूमा दमन र क्षतिको छानबिनका लागि गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय युवा संघ नेपालले आपत्ति जनाएको छ।
संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै यो निर्णयलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। उनले छानबिन प्रक्रिया प्रारम्भिक चरणमै रहेको अवस्थामा यस्तो कठोर निर्णय गर्नु पूर्वाग्रही र निष्पक्षता विरोधी भएको आरोप लगाए।
“पूर्वप्रधानमन्त्री ओलीजस्तो व्यक्तित्व, जसले मुलुक नछोड्ने सार्वजनिक घोषणा गरिसकेका छन्, उहाँमाथि राहदानी रोक्का गर्नु दुर्भाग्यपूर्ण र प्रतिशोधप्रेरित कार्य हो,” विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, एमाले पोलिटब्युरो सदस्य तथा युवा संघका पूर्व इञ्चार्ज महेश बस्नेतविरुद्ध पनि सरकार प्रतिशोधपूर्वक मुद्दा चलाउन लागेको भन्दै संघले विरोध जनाएको छ। संघले निष्पक्ष छानबिनको समर्थन गरे पनि व्यक्तिलाई प्रारम्भमै अपराधी ठहर्याउने ढंगले अघि बढेको प्रक्रिया स्वीकार्य नहुने स्पष्ट पारेको छ। छानबिन आयोगले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गरिरहेको छ, जसमा राज्यद्वारा शक्ति प्रयोग भएको आरोप उठाइएको छ।
हेर्नुहोस् युवा संघको विज्ञप्तीः