रंगभेदी गालीको आरोपमा समर्थक पक्राउ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा रंगभेदी गाली गरेको आरोपमा एक समर्थक पक्राउ परेका छन्।
एभर्टन र म्यानचेस्टर सिटीबीच भएको खेलका क्रममा उक्त घटना भएको हो। मर्सिसाइड प्रहरीले नटिंगघमशायरका ७१ वर्षीय एक वृद्धलाई पक्राउ गरेको जनाएको छ। उनीमाथि म्यानचेस्टर सिटीका खेलाडी एन्टोइन सेमेन्योमाथि लाई रंगभेदी गाली गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार खेल हेर्न आएका अन्य समर्थक र सुरक्षाकर्मीहरूले उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको थियो। हाल उनलाई केही कडा सर्तसहित धरौटीमा छाडिएको छ। अब उनले कुनै पनि खेल सुरु हुनुभन्दा चार घण्टा अगाडिदेखि खेल सकिएको चार घण्टापछि सम्म मैदान नजिक जान पाउने छैनन्।
एभर्टन क्लबले यस्तो व्यवहार अस्वीकार्य भएको बताएको छ। क्लबले रंगभेदी दुर्व्यवहारलाई खेलकुद र समाजमा कुनै स्थान नरहेको भन्दै कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै, म्यानचेस्टर सिटीले पनि घटनामा तुरुन्त कदम चालेकोमा एभर्टन र प्रहरीको प्रशंसा गरेको छ। यो सिजनमा सेमेन्योमाथि रंगभेदी दुर्व्यवहार भएको यो दोस्रो घटना हो। यसअघि पनि उनीमाथि अर्को खेलमा यस्तै व्यवहार भएको थियो।







