संविधान संशोधनका गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दै

User Image Prime TV News २ दिन अगाडि
Image of संविधान संशोधनका गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दै

काठमाडौ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो ३ः ०० देखि ५ः ०० बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।