बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

User Image Prime TV News २ दिन अगाडि
Image of बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौ । बैंकिङ प्रणालीमा धेरै पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि ठूलो रकम बजारबाट तान्ने भएको छ।

केन्द्रीय बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट खिच्ने जनाएको छ। यसका लागि बैंकहरूले दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकका अनुसार बैंकहरूले कम्तीमा १० करोड रुपैयाँदेखि भाग गर्दा पूरा हुने गरी रकम राख्न सक्नेछन्।

यसमा ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ र चाहेको खण्डमा विभिन्न ब्याजदरमा पनि प्रस्ताव दिन सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यो ४४ दिनको निक्षेप संकलन हो। यसको साँवा र ब्याज आगामी असार ५ गते फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बजारमा पैसा नियन्त्रण गर्न राष्ट्र बैंकले यस्ता उपकरणमार्फत नियमित रूपमा रकम खिच्दै आएको छ।