क्रिकेटका पूर्वकप्तान विनोद दाससहित ३९ जना कांग्रेस प्रतिष्ठानमा नियुक्त

User Image Prime TV News २ दिन अगाडि
Image of क्रिकेटका पूर्वकप्तान विनोद दाससहित ३९ जना कांग्रेस प्रतिष्ठानमा नियुक्त

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ जना नयाँ सदस्य नियुक्त गरेको छ। यसमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास पनि परेका छन्। पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्व प्रकाश शर्माले मंगलबार यी नियुक्ति गरेका हुन्।

पार्टीका अनुसार विभिन्न क्षेत्र र जिल्लाको प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको हो। नियुक्ति नेपाली कांग्रेसको विधानअनुसार गरिएको बताइएको छ। विनोद दास नेपाली क्रिकेटका पूर्वकप्तान हुन्। उनले सन् २००२ मा राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए र २००५ देखि २००८ सम्म कप्तानी गरेका थिए। उनी सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

त्यस्तै, प्रतिष्ठानको सदस्यमा मधु आचार्य, डा. गोपाल दहित थारु, अञ्जु झा, उमेश श्रेष्ठ, प्रा. डा. गोविन्दराज पोखरेल, मीन भाम, डा. अञ्जनीकुमार झा, डा. यादव पण्डित, बद्री सिग्देल, गोपालप्रसाद पोखरेल, श्रवण मुकारुङ लगायत पनि नियुक्त भएका छन्।