संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा

User Image Prime TV News २ दिन अगाडि
Image of संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक बिहीबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको सिफारिस मुख्य विषय हुनेछ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ र कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले काम सम्हालिरहेकी छन्। बैठकमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्री, विपक्षी दलका नेता र उपसभामुखलाई पनि सहभागी हुन बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले हालै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि बैठक बोलाइएको हो। नयाँ व्यवस्थाअनुसार अब चार जना सदस्य उपस्थित भए पनि बैठक बस्न सकिने र बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।