पण्डित नारायण पोखरेलको हत्या भएको २१ वर्ष पुग्यो, घटना अझै रहस्यमै
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पण्डित वाचनशिरोमणि नारायण प्रसाद पोखरेलको हत्या भएको २१ वर्ष पुगेछ ।
आध्यात्मिक चेनताबाट समाज सुधार गर्ने अभियान चलाएका पण्डित नारायणप्रसाद पोखरेलको २१ वर्षअघि अर्थात् २०६२ साल वैशाख २३ गते रुपन्देहीमा हत्या भएको थियो । कथाप्रवचनको माध्यमबाट हरेक व्यक्तिलाई प्रभावित बनाएर आर्थिक स्रोत जुटाउने अभियान चलाएका पोखरेलको रहस्यमयी तरिकाले हत्या भएको थियो ।
तर अझैसम्म कसले किन उनको हत्या गर्यो भन्ने खुलेको छैन । घटना भएको केही समयपछि तत्कालिन माओवादीका कार्यकर्ताले पत्रकारलाई टेलिफोन गरेर सफाया गरेको खबर गर्वका साथ टिपाएका थिए । आलोचना बढ्दै गयो र पार्टीले आधिकारिक जिम्मेवारी लिएको थिएन ।
पण्डित पोखरेलले कथाबाचनबाट आम मानिसलाई नचाएर, हँसाएर, प्रभावित पारेर क्याम्पस, स्कुल, मन्दिर र अन्य सामाजिक भवन बनाउन आर्थिक संकलन गराउँदै समाजसेवा गरेका थिए ।







