नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन्। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उनी महासंघको अध्यक्ष बनेका हुन्।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ। महासंघमा मंगलबार कार्यसमिति अन्तर्गत अध्यक्ष बाहेकका पदाधिकारी र सदस्यहरूको निर्वाचन पनि सम्पन्न भएको छ।

यसअघि पनि वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल अध्यक्ष बनेका थिए। नयाँ अध्यक्ष श्रेष्ठ व्यवसायिक समूह लक्ष्मी ग्रुपसँग आबद्ध छन्। उनले अटोमोबाइल, सेवा, पर्यटन र उत्पादन क्षेत्रका व्यवसायमा लगानी गरेका छन्।

श्रेष्ठ लामो समयदेखि महासंघसँग जोडिएका व्यक्ति हुन्। उनी २०५९ सालदेखि महासंघमा सक्रिय छन् र विभिन्न समितिमा काम गर्ने अनुभव पनि उनी संग रहेको छ ।