आर्यतारा शाक्य नयाँ कुमारी चयन, तृष्णा शाक्यको बिदाइ

User Image Prime TV News ५ दिन अगाडि
Image of आर्यतारा शाक्य नयाँ कुमारी चयन, तृष्णा शाक्यको बिदाइ

काठमाडौ । काठमाडौंको ढल्को निवासी आर्यतारा शाक्यलाई जीवित देवी कुमारीका रूपमा चयन गरिएको छ। मंगलबार शुभ साइतमा परम्परागत विधिअनुसार बसन्तपुरस्थित कुमारी घरमा औपचारिक रूपमा कुमारी पदको जिम्मेवारी ग्रहण गरेकी हुन्।

यसअघि जीवित देवीको रूपमा पूजिएकी तृष्णा शाक्यलाई परम्परागत बाजागाजासहित सम्मानपूर्वक बिदाइ गरिएको छ। तृष्णा शाक्य सन् २०७४ सालमा कुमारी बनेकी थिइन्। १२ वर्षको उमेर पूरा भएसँगै कुमारी बस्ने समयसीमा समाप्त भएकाले उनलाई बिदाइ गरिएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ।

नयाँ कुमारी चयनकालागि शाक्य महाविहार संघले काठमाडौं सहरका १५ वटा बहालहरूलाई पत्राचार गरी योग्य बालिकाको सिफारिस मागेको थियो। प्राप्त सिफारिसहरूका आधारमा गुठी संस्थान, पञ्चाङ्ग समिति र चयन समितिको परामर्शपछि परम्परागत मापदण्ड अनुसार आर्यतारालाई कुमारीका रूपमा चयन गरिएको हो।

नेपालको सांस्कृतिक र धार्मिक परम्परामा कुमारीलाई दुर्गा देवीको प्रतिरूपका रूपमा जीवित देवी मानीन्छ। विशेष पर्व र राष्ट्रिय समारोहहरूमा राष्ट्रप्रमुखसमेत कुमारीको दर्शन र आशीर्वाद लिन कुमारी घर पुग्ने चलन छ।