संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति, संसद्मा विरोध गर्ने तयारी

User Image Prime TV News २ दिन अगाडि
Image of संवैधानिक परिषद् अध्यादेशमा कांग्रेसको असहमति, संसद्मा विरोध गर्ने तयारी

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा असहमति जनाएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त अध्यादेशविरुद्ध संसद्मा विमति राख्ने निर्णय गरेको हो। प्रमुख सचेतक वासना थापाले पार्टीले संसद्मा आफ्नो धारणा स्पष्ट रूपमा राख्ने बताइन्। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् ।

उनका अनुसार कांग्रेसले असहमति राखेपछि सरकारको कदम हेरेर आगामी रणनीति तय गरिनेछ। बैठकमा सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अन्य अध्यादेशबारे पनि छलफल भएको थियो। ती विषयमा पनि कांग्रेसले संसद्मा आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेको छ।