अग्रवाल र भट्टलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
Prime TV News २ दिन अगाडि 
काठमाडौ । विशेष अदालतले मनि लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार बसेको इजलासले अनुसन्धान अझै बाँकी रहेको भन्दै म्याद थप गरेको हो।
अदालतका अनुसार सुलभ अग्रवालको छैटौँ पटक र दीपक भट्टको पाँचौँ पटक म्याद थप गरिएको हो। नयाँ म्याद वैशाख २३ गतेदेखि लागू हुनेछ। सम्पति शुद्धीकरण विभागले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। विभागले अनुसन्धान पूरा गर्न अझै समय चाहिएको भन्दै म्याद थपको माग गरेको थियो।
अहिले अनुसन्धानकै क्रममा कागजात तयार गर्ने र मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।








