क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

User Image Prime TV News २ दिन अगाडि
Image of क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखलाई विशेष बढुवा दिइएको छ। उनी अब जवानबाट सहायक हवल्दार बनेका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। आरिफले क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। उनले कप्तानका रूपमा नेपाल पुलिस क्लबलाई जय ट्रफी र प्रो क्लब च्याम्पियनसिप जिताएका छन्।

त्यस्तै, उनले नेपालको प्रतिनिधित्व गर्दै टी–२० विश्वकपमा पनि खेलेका छन्। हालै ओमान र यूएईविरुद्धको शृंखलामा पनि उनले राम्रो खेल देखाएका थिए। उनको खेल योगदानको कदर गर्दै प्रहरीतर्फबाट बढुवा गरिएको जनाइएको छ।