सरकारले कर्मचारीका ट्रेड युनियन खारेज गर्‍यो

User Image Prime TV News २ दिन अगाडि
Image of सरकारले कर्मचारीका ट्रेड युनियन खारेज गर्‍यो

काठमाडौ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले देशभरका निजामती र स्वास्थ्य सेवाका कर्मचारीका सबै राष्ट्रिय स्तरका ट्रेड युनियन खारेज गरेको छ। सरकारले हालै ल्याएको अध्यादेशका आधारमा यस्तो निर्णय गरिएको हो।

विभागका अनुसार अबसम्म दर्ता भई सञ्चालनमा रहेका सबै युनियनको दर्ता रद्द गरिएको छ। यो निर्णय निजामती सेवा ऐन २०४९ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ अन्तर्गत दर्ता भएका युनियनहरूमा लागू हुने जनाइएको छ।

यससँगै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी युनियन लगायतका प्रमुख संगठनहरू खारेज भएका छन्। सरकारको यो निर्णयपछि प्रशासनिक क्षेत्रमा चर्चा बढेको छ। केहीले यसलाई कर्मचारीतन्त्रमा राजनीति कम गर्ने कदम भनेका छन् भने केहीले कर्मचारीको अधिकार खोसिएको भन्दै विरोध गरेका छन्।

यस निर्णयले अब कर्मचारी संगठनहरूको भविष्य कस्तो हुने भन्नेबारे बहस सुरु भएको छ।