सुकुम्बासी आन्दोलनमा विप्लव समूहको समर्थन, सरकारसँग बसोबासको माग

User Image Prime TV News २ दिन अगाडि
Image of सुकुम्बासी आन्दोलनमा विप्लव समूहको समर्थन, सरकारसँग बसोबासको माग

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लव समूहले सुकुमबासीहरूको आन्दोलनलाई समर्थन गरेको छ। पार्टीका प्रवक्ता प्रकाण्ड सी ले विज्ञप्ति जारी गर्दै सुकुमबासीको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।

पार्टीले भूमिहीन र सुकुमबासीलाई उचित बसोबास र जमिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ। यसअघि पनि बालेन शाह नेतृत्वको सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको भन्दै उक्त पार्टीले विरोध गर्दै आएको छ।

सरकारले वैशाख १२ गतेदेखि देशका विभिन्न ठाउँमा सुकुमबासी बस्ती हटाउने अभियान चलाउँदै आएको छ।