देउवा दम्पतीमाथि रेड नोटिस प्रक्रिया अझै पूरा भएन

User Image Prime TV News २ दिन अगाडि
Image of देउवा दम्पतीमाथि रेड नोटिस प्रक्रिया अझै पूरा भएन

काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा माथि इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अझै अघि बढ्न सकेको छैन।

प्रहरी प्रधान कार्यालयका अनुसार करिब एक महिना अघि सुरु गरिएको प्रक्रिया अहिले पनि कागजात र प्राविधिक चरणमै रहेको छ। एक प्रहरी अधिकारीले भने, “रेड नोटिस जारी गर्ने प्रक्रिया जारी छ, तर कुनै अन्तिम निर्णय भएको छैन।”

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सम्पति शुद्धीकरण विभागले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो। उनीहरू देशबाहिर रहेको कारण प्रहरीको एनसीबी काठमाडौंमार्फत इन्टरपोललाई पत्राचार गरिएको थियो। तर इन्टरपोलले थप कागजात माग गरेपछि प्रक्रिया रोकिएको छ।

देउवा दम्पती केही समयअघि सिंगापुर हुँदै हङकङ गएको बताइए पनि हाल उनीहरू कहाँ छन् भन्ने स्पष्ट भएको छैन।