कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, तीन जना पक्राउ

User Image Prime TV News २ दिन अगाडि
Image of कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या, तीन जना पक्राउ

काठमाडौ । कीर्तिपुरमा दिउँसै एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ का २२ वर्षीय आशिष महर्जन, बैतडीका २१ वर्षीय रोशन बोहोरा र कैलालीका २३ वर्षीय रबिन धामी रहेका छन्।

उनीहरूले गुल्मी घर भई कीर्तिपुरमा बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ। घटना कीर्तिपुर नगरपालिका–१० पोडेटोल क्षेत्रमा दिउँसो करिब साढे २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साथी–साथीबीच विवाद हुँदा धारिलो हतियार प्रहार भएको हो।

गम्भीर घाइते भएका घिमिरेलाई कीर्तिपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।