प्रचण्ड दशैं मनाउन सिन्धुपाल्चोक पुगे


काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस वर्षको दशैं मनाउन सिन्धुपाल्चोक पुगेका छन्। उनी आफ्ना छोरीहरू रेणु दाहाल र गंगा दाहाल, साथै ज्वाईंहरूसहित सपरिवार सिन्धुपाल्चोक पुगेका हुन्।
जेनजी आन्दोलनका क्रममा प्रचण्ड निवास सहित छोरीहरुको घर आगजनी भएपछि प्रचण्ड सपरिवार बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालको निवासमा दशैं मनाउन पुगेका हुन् । उनी दशैंभर त्यहीँ बस्ने जनाइएको छ।
परिवारसँग चाडपर्व मनाउने उद्देश्यले सिन्धुपाल्चोक आएको भनिए पनि, राजनीतिक वृत्तमा भने यो भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाटको अवसर, क्षेत्रीय सञ्जाल विस्तार तथा आगामी राजनीतिक रणनीतिमा तयारीको संकेतका रूपमा पनि यो यात्रा हेरिएको छ।