समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

User Image Prime TV News एक दिन अगाडि
Image of समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

काठमाडौ। सरकारले समस्याग्रस्त बनेका १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो।

समितिले सम्बन्धित ऋणीहरूलाई छिट्टै ऋण चुक्ता गर्न भनेको छ। समयमै रकम नतिरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

नाम सार्वजनिक गरिएका सहकारीमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय रहेका छन्।

समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिने जनाएको छ। बचतकर्ताको पैसा फिर्ता गर्न दबाब बढिरहेका बेला सरकारले अब ऋण असुलीमा कडाइ सुरु गरेको देखिएको छ।