मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध भएकी छिन्।
अन्सारीले सामाजिक सञ्जालमार्फत आफूले राजनीतिक जीवन सुरु गरेको जानकारी दिएकी हुन्। उनले नेपाली कांग्रेसको ‘ल्याटरल इन्ट्री’ पहलले युवाको आकांक्षा सम्बोधन गर्न, पार्टी रूपान्तरण गर्न र आन्तरिक लोकतन्त्र बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।
उनले नेपाली कांग्रेसले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माण गरेको उल्लेख गर्दै अब पार्टीभित्र रहेर काम गर्ने बताएकी छन्। अन्सारीले ‘जेनजी आन्दोलन’पछि बदलिएको कांग्रेस र ‘जरा अभियान’मार्फत सबैलाई जोड्ने सन्देश रहेको पनि उल्लेख गरेकी छन्।
उनले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग मिलेर देश र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छन्।







