सुन र चाँदीको मूल्य फेरि बढ्यो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। एक साताअघि भने सुनको मूल्य २ लाख ९२ हजार ७ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ५ हजार १ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अघिल्लो दिन चाँदी ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। बजारमा पछिल्ला दिन लगातार सुनचाँदीको मूल्य उकालो लागिरहेको छ।







