पश्चिम बंगालमा लेनिनको शालिक भत्काइयो

User Image Prime TV News एक दिन अगाडि
Image of पश्चिम बंगालमा लेनिनको शालिक भत्काइयो

काठमाडौ । भारतको पश्चिम बंगालमा रहेको भ्लादिमिर लेनिनको शालिक भत्काइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुर्सिदावाद जिल्लाको जियागञ्ज क्षेत्रमा राखिएको शालिक चुनावी परिणामपछि उत्तेजित बनेका कार्यकर्ताले भत्काएका हुन्।

मंगलबार आएको नतिजामा भारतीय जनता पार्टीले २९४ सिटमध्ये २०७ सिट जित्दै बहुमत हासिल गरेको थियो। त्यसपछि केही स्थानमा तनावको स्थिति बनेको र तोडफोडका घटना भएका बताइएको छ। सोही क्रममा तृणमूल कांग्रेस को कार्यालयमा पनि आगजनी र तोडफोड भएको खबर छ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा “लेनिन चाहिँदैन” भन्ने नारा लगाउँदै शालिक भत्काइएको देखिएको छ।