संसदमा अब विद्युतीय हाजिरी प्रणाली लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु

User Image Prime TV News एक दिन अगाडि
Image of संसदमा अब विद्युतीय हाजिरी प्रणाली लागू हुने, बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौ । संघीय संसदमा सांसदहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन अब विद्युतीय हाजिरी प्रणाली लागू गरिने भएको छ। त्यसका लागि आवश्यक बायोमेट्रिक विवरण संकलनको काम सुरु गरिएको छ।

संसद् सचिवालयले सबै सांसदलाई बायोमेट्रिक प्रक्रिया पूरा गर्न अनिवार्य रूपमा उपस्थित हुन सूचना जारी गरेको छ। नयाँ प्रणाली लागू भएपछि सांसदहरूको बैठक उपस्थितिलाई डिजिटल रूपमा अभिलेख राखिनेछ, जसले हाजिरी प्रक्रियालाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

बायोमेट्रिक विवरण संकलनका क्रममा सांसदहरूको औँठाछाप र अन्य आवश्यक विवरण लिइनेछ। यससँगै सांसदहरूको औपचारिक तस्बिर पनि खिचिने व्यवस्था गरिएको छ। साथै, संघीय संसद्को लोगो लगाएर आउन पनि सचिवालयले अनुरोध गरेको छ।

संसद् सचिवालयका अनुसार यो प्रक्रिया पूरा भएपछि संसद्मा उपस्थितिको अभिलेख डिजिटल प्रणालीमार्फत राखिने र यसले कामकाजमा पारदर्शिता र सहजता ल्याउने जनाएको छ ।