गल्ती गरेको छैन, डर छैनः रास्वपा सांसद खरेल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूले कुनै पनि गल्ती नगरेको र त्यसैले डर पनि नभएको बताएका छन्।
खरेलले “गल्ती गरेको छैन, सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ” भन्दै आफ्नो इमान नै आफ्नो शक्ति भएको उल्लेख गरेका छन्। यसअघि सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको अर्बौं रुपैयाँ हिनामिना भएको भन्दै समाचारहरू सार्वजनिक भएका थिए। तर उनले ती आरोप अस्वीकार गर्दै आफू संलग्न नभएको स्पष्ट पारेका छन्।
उनले आफूविरुद्ध आएका खबरलाई भ्रामक र कपोल्कल्पित भन्दै चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएका छन्। खरेलले आफ्ना शुभचिन्तकहरूलाई भ्रममा नपर्न आग्रह गर्दै आवश्यक परे कानुनी उपचार लिने पनि बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद खरेल ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।







