पूर्वविशिष्टको उपचार खर्चबारे सर्वोच्चमा रिट दर्ता

User Image Prime TV News एक दिन अगाडि
Image of पूर्वविशिष्टको उपचार खर्चबारे सर्वोच्चमा रिट दर्ता

काठमाडौ । पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गर्दा राज्यकोषबाट खर्च लिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सरोज न्यौपानेले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ।

निवेदकले विदेशमा उपचार गर्दा राज्यले खर्च बेहोर्ने स्पष्ट कानुनी व्यवस्था नभएको दाबी गरेका छन्। तर मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूले उपचार खर्च पाएको उल्लेख छ। रिटमा स्वदेशमै उपचार सम्भव हुँदाहुँदै विदेश जाने र त्यसको खर्च राज्यले व्यहोर्ने अभ्यास गलत भएको जिकिर गरिएको छ।

सर्वोच्च अदालत का अनुसार उक्त रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।