च्यासलस्थित एमाले कार्यालय हटाउनुपर्ने, नयाँ स्थान खोजिँदै

User Image Prime TV News एक दिन अगाडि
Image of च्यासलस्थित एमाले कार्यालय हटाउनुपर्ने, नयाँ स्थान खोजिँदै

काठमाडौ । नेकपा एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालय हटाउनुपर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले भोगाधिकारमा प्रयोग भइरहेको जग्गा र त्यसमा बनेका संरचना खाली गर्न सूचना जारी गरेपछि कार्यालय हटाउनुपर्ने अवस्था आएको हो।

पार्टी सचिव पद्मा अर्यालका अनुसार एमालेले अब नयाँ ठाउँ खोजेर कार्यालय सार्ने तयारी गरिरहेको छ। उनले बर्खाको समयमा कार्यालयमा पानी पस्ने र डुबान हुने समस्या पनि रहेको बताएकी छन्। उनका अनुसार वर्षायाममा कार्यालय सञ्चालनमै समस्या आउने भएकाले सुरक्षित स्थान खोज्ने काम भइरहेको छ।

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा २०५८ सालमा मन्त्रिपरिषद्बाट स्वीकृति लिएर करिब १२ रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको थियो। तर उक्त जग्गा हालसम्म लिजमा परिणत नभएको जनाइएको छ।