राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन, अन्य शक्तिपीठमा भेटी


काठमाडौ । दसैँको महाअष्टमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकास्थित प्रसिद्ध नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्। राष्ट्रपति पौडेल आज नक्साल भगवती मन्दिर दर्शनका लागि पुगेका हुन् ।
राष्ट्रपतिका प्रेस संयोजकका अनुसार, यस वर्ष राष्ट्रपति पौडेलले नक्साल भगवतीको मात्रै प्रत्यक्ष दर्शन गरी पूजाआजा गरे भने अन्य परम्परागत शक्तिपीठहरूमा भेटी पठाइएको छ।
अघिल्ला वर्षहरूमा राष्ट्रपतिले शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी, ईन्द्रयणी लगायतका मन्दिरमा पुगेर दर्शन गर्ने चलन रहँदै आएको थियो।
दसैँको अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखले राजधानीका विभिन्न शक्तिपीठको भ्रमण तथा पूजाआजा गर्ने परम्परा रहेको छ।