सेयर बजार सामान्य बढ्यो, कारोबार भने घट्यो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बिहीबार सेयर बजार सामान्य रूपमा बढेको छ। नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। आजको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
नेप्से परिसूचक अनुसार सेन्सेटिभ इन्डेक्स पनि ०.९५ अंकले बढेर ४६४.०८ विन्दुमा पुगेको छ। १३ वटा उपसूचकमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्। बजार बढे पनि कारोबार रकम भने ३ अर्बभन्दा कम रहेको छ।
आज ३३४ कम्पनीका ६६ लाखभन्दा बढी कित्ता सेयर ४५ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी भएको छ। समग्रमा बजार सूचक सकारात्मक देखिए पनि कारोबार रकम भने सीमित रहेको देखिएको छ।







