पत्रकार असुरक्षित हुनु हुँदैन, स्वतन्त्र प्रेस लोकतन्त्रको आधार होः राष्ट्रपति पौडेल

User Image Prime TV News एक दिन अगाडि
Image of पत्रकार असुरक्षित हुनु हुँदैन, स्वतन्त्र प्रेस लोकतन्त्रको आधार होः राष्ट्रपति पौडेल

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारहरूले सुरक्षित र जोखिममुक्त वातावरणमा काम गर्न पाउनुपर्ने बताएका छन्। बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताए।

उनले सरकार र निजी क्षेत्र दुवैले मिलेर पत्रकारको हक र सञ्चार गृहहरूको आर्थिक दिगोपन सुनिश्चित गर्नुपर्नेमा जोडदिए । राष्ट्रपतिले सामाजिक सञ्जाल र नागरिक पत्रकारिताले गलत जानकारी फैलाउन सक्ने खतरा बढाएको पनि औँल्याए। तर नेपाली प्रेसले यी चुनौतीहरू सामना गर्न सक्षम रहेको समेत विश्वास व्यक्त गरे ।

उनले पत्रकारितालाई परिवर्तनको वाहक र राष्ट्र निर्माणको शक्तिशाली माध्यमको रूपमा उल्लेख गर्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना असम्भव रहेको बताए। राष्ट्रपति पौडेलले जिम्मेवार पत्रकारिताले देशको सुशासन, विकास र आर्थिक समृद्धिमा थप योगदान दिने विश्वास व्यक्त गरे।