विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक : प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन् । 

बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तराष्ट्रिय अभ्यास रहेकाले राजनीतिमा फर्किनु अनुचित नरहेको वताए । 

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु राजनीतिमा फर्किदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे । अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरु नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको उनको भनाई थियो । 

यस्तै पार्टी निर्णय तथा विधि पद्धतीको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पार्दै प्रचण्डले  जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे ।