देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना, हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने

User Image Prime TV News १५ घण्टा अगाडि
Image of देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना, हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज वर्षा हुने सम्भावना रहेको जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय प्रभावका कारण मौसम बदली भएको महाशाखाले जनाएको हो।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश सहित पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज राति पनि मौसम पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। मौसम खराब हुन सक्ने भएकाले यात्रा गर्दा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।