हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकताको तयारी
Prime TV News १५ घण्टा अगाडि 
काठमाडौ । हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किराती बीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ। दुवै नेताबीच भएको समझदारीअनुसार सुदन किरातीलाई पार्टीको वरिष्ठ नेता बनाउने तयारी गरिएको बताइएको छ।
एकताबारे औपचारिक जानकारी दिन आज दिउँसो ३ बजे हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सुदन किरातीका सहयोगी हेमन्त किरातीले पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।
सुदन किराती यसअघि नेकपा माओवादी केन्द्रमा सक्रिय थिए। पछि एकीकृत समाजवादी र माओवादीबीच नयाँ कम्युनिष्ट पार्टी बनेपछि उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा पुगेका थिए।
तर गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले उक्त पार्टीको साधारण सदस्यता त्यागेका थिए।







