नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढ्यो

User Image Prime TV News १० घण्टा अगाडि
Image of नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढ्यो

काठमाडौ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार २७५ रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ हजार १५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर र चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।