प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

User Image Prime TV News ८ घण्टा अगाडि
Image of प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौ । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर गरिएको सिफारिस संविधानको आधारभूत भावना विपरीत रहेको भन्दै रिट दायर गरेका हुन्। उनले यस्तो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा असर पार्ने र गलत नजिर बस्ने दाबी गरेका छन्।

रिटमा वरीयता अनुसार पहिलो नम्बरका न्यायाधीशलाई सिफारिस गर्नुपर्ने माग गर्दै परमादेश जारी गर्न अनुरोध गरिएको छ।