सरकारद्वारा १५ अवैतनिक वाणिज्य दूत पदमुक्त, राष्ट्रपतिले संसद् सम्बोधनका लागि अनुरोध गर्ने

User Image Prime TV News ८ घण्टा अगाडि
Image of सरकारद्वारा १५ अवैतनिक वाणिज्य दूत पदमुक्त, राष्ट्रपतिले संसद् सम्बोधनका लागि अनुरोध गर्ने

काठमाडौ । सरकारले विभिन्न देशमा कार्यरत १५ जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती कन्सुलहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ। सो अवसरमा सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न आह्वान गरिएको छ।

यसैगरी, सरकारले श्रमसम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धि अनुमोदनका लागि संसद्मा पेस गर्न स्वीकृति दिएको छ। तीमध्ये बाध्यकारी श्रमसम्बन्धी १९३० को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी १९४७ को महासन्धि नम्बर ८१ रहेका छन्। सरकारले यी निर्णयहरू श्रम मापदण्ड सुधार र बाध्यकारी श्रम अन्त्य गर्ने उद्देश्यले गरिएको जनाएको छ।