बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिए

User Image Prime TV News ८ घण्टा अगाडि
Image of बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाहिरिए

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन्। पार्टीको अध्यक्ष परिषद्को बैठकले भट्टराईको निर्णयलाई स्वीकार गर्दै उनलाई शुभकामना दिएको छ।

उनले अब कुनै संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा वैकल्पिक र परिवर्तनमुखी राजनीतिमा लाग्ने बताएका छन्। पार्टीले उनको निर्णयलाई सम्मान गर्दै भविष्यको यात्राका लागि शुभकामना दिएको छ। त्यस्तै, नेता सुदन किराँती पनि पार्टीबाट अलग भएको भन्दै पार्टीले उनलाई पनि सफलताको शुभकामना दिएको छ।

बैठकले देशको वर्तमान राजनीति र निर्वाचन प्रणालीबारे समीक्षा गर्दै अहिलेको व्यवस्था मजदुर, श्रमजीवी र उत्पीडित वर्गको पक्षमा नरहेको निष्कर्ष निकालेको छ।