प्रधानन्यायाधीश सिफारिस अहिले सम्मकै राम्रो भएको सरकारको दाबी

User Image Prime TV News ८ घण्टा अगाडि
Image of प्रधानन्यायाधीश सिफारिस अहिले सम्मकै राम्रो भएको सरकारको दाबी

काठमाडौ । सरकारका प्रवक्ता सस्मिमत पोखरेलले यसपटक गरिएको प्रधानन्यायाधीश सिफारिस नेपालको इतिहासमै सबैभन्दा राम्रो भएको दाबी गरेका छन्। शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले अदालतलाई राजनीतिबाट टाढा राख्ने उद्देश्यले सिफारिस गरिएको बताएका हुन्।

पोखरेलका अनुसार न्यायपालिकामा सुधार आवश्यक रहेको विषय उठ्दै आएको छ र कार्यपालिका तथा व्यवस्थापिकाबाट न्यायपालिका अलग हुनुपर्ने सिद्धान्तअनुसार निर्णय गरिएको हो। उनले यो सिफारिस कार्यक्षमता र मुद्दा फर्छ्यौटलाई आधार मानेर गरिएको बताए। उनले भने, “यसपटक मुद्दा फर्छ्यौटको आधारमा सिफारिस गरिएको हो। यो अहिलेसम्मकै सबैभन्दा राम्रो प्रक्रिया हो।”

सरकारले प्रणाली बलियो बनाउन र न्यायपालिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले निर्णय गरिएको पनि उनले बताएका छन्।