लिम्पियाधुरा–लिपुलेक–कालापानी विवाद कूटनीतिक रूपमा समाधान गर्ने नेपाल सरकारको प्रतिबद्धता
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालले यस विषयमा आफ्नो अडान स्पष्ट गरिसकेको बताएका छन्। उनका अनुसार १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोमा सरकार स्पष्ट र अडिग छ।
सरकारले यस विषयमा भारत र चीन दुवै देशलाई आफ्नो धारणा कूटनीतिक रूपमा जानकारी गराइसकेको पनि उनले बताए। प्रवक्ता क्षेत्रीले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा सीमा समस्या समाधान गर्न नेपाल सरकार सधैं कूटनीतिक उपायमा प्रतिबद्ध रहेको उल्लेख गरे।







