प्रगतिशील लोकतान्त्रिक पार्टी वाम–समाजवादी धारामा अघि बढ्ने निर्णय
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वामपन्थी, प्रगतिशील र समाजवादी धाराको पार्टीका रूपमा अघि बढाउने निर्णय गरेको छ। पार्टीको अध्यक्ष परिषद्को बैठकले समान विचार भएका समूह र व्यक्तिहरूसँग एकता र सहकार्य गर्ने नीति लिएको छ।
बैठकले सन्तोष परियारको अध्यक्षतामा एकता महाधिवेशनसम्म पार्टीका कामहरू सञ्चालन गर्ने व्यवस्था गरेको छ। पार्टीले पछिल्लो निर्वाचनको समीक्षा गर्दै अपेक्षित परिणाम नआउनुमा संगठन कमजोर हुनु, आर्थिक समस्या र तालमेलको अभाव मुख्य कारण भएको निष्कर्ष निकालेको छ।
प्रलोपाले आगामी दिनमा संगठन विस्तार, अनुशासन मजबुत बनाउने र आर्थिक रूपमा आत्मनिर्भर हुने योजना अघि सारेको छ। यसैबीच, संरक्षक डा. बाबुराम भट्टराईले संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा राजनीति गर्ने निर्णय गरेपछि पार्टीले उनको निर्णयलाई सम्मान गर्दै शुभकामना दिएको छ।







