प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजदेखि सुरु
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजबाट सुरु हुने भएको छ।
संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्नेछ। बैठकमा शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ।
शर्मालाई बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। तर ६ जना उम्मेदवारमध्ये चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरिएको भन्दै अहिले केही आलोचना पनि भइरहेको छ।








