संघीय संसद् सचिवालयमा ट्रेड युनियन अब नरहेको घोषणा

User Image Prime TV News ७ घण्टा अगाडि
Image of संघीय संसद् सचिवालयमा ट्रेड युनियन अब नरहेको घोषणा

काठमाडौ । संघीय संसद् सचिवालयले कर्मचारी ट्रेड युनियन अब अस्तित्वमा नरहेको जानकारी गराएको छ। सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

सूचनामा केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ अनुसार संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा संशोधन भएपछि कर्मचारी युनियन सम्बन्धी व्यवस्था हटाइएको उल्लेख छ। यस कारण अब संसद् सचिवालयमा रहेको कर्मचारी युनियन कानुनी रूपमा अस्तित्वमा नरहेको सचिवालयले स्पष्ट पारेको छ।