नेप्से २७ अंकले बढ्यो, कारोबार रकम ३ अर्बभन्दा बढी
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेको छ। यससँगै नेप्से २ हजार ७४५.६५ बिन्दुमा पुगेको छ। आज बजार १.०१ प्रतिशतले बढेको हो।
नेप्सेका अनुसार ३३५ कम्पनीको ७४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। आज सबै उपसमूहमा हरियाली देखिएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको सूचक बढेको छ।
कारोबारमा त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।







