पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौ । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टीमा स्वागत गरेका हुन्। सहमति अनुसार किराँती पार्टीको दोस्रो वरीयतामा रहने गरी उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्।

उनको समूहले पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यको स्थान पाउने भएको छ। किराँतीसँग आएका अधिकांश नेता तथा कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट आएका बताइएको छ।

यसअघि जेनजी आन्दोलनपछि माओवादी केन्द्रमा भएको पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै किराँती जनार्दन शर्मासहित प्रलोपामा सक्रिय भएका थिए।