हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली, तराईमा भने आंशिक बदली

User Image Prime TV News ४ दिन अगाडि
Image of हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली, तराईमा भने आंशिक बदली

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले मधेस, बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली देखिएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

तराईका एक–दुई स्थानमा समेत चट्याङसहित हल्का वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मौसमको यस्तो अवस्था यात्रु, किसान र दैनिक कामकाजमा निस्किने सर्वसाधारणका लागि समस्या बन्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।