दसैं गच्छेअनुसार मनाऔं, सामाजिक सद्भाव जोगाऔं : पूर्वअध्यक्ष रेग्मी
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विजयादशमी २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै नेपालीहरूलाई सामाजिक सद्भाव जोगाउँदै आ–आफ्नो गच्छेअनुसार दसैं मनाउन आग्रह गरेका छन्।
शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले दसैं नेपालीको साझा राष्ट्रिय चाड भएकाले यसले पारिवारिक एवं सामाजिक सम्बन्ध अझ प्रगाढ बनाउने अवसर दिनुपर्ने उल्लेख गरेका छन्। "दसैं एकअर्काप्रति प्रेम, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने पर्व हो," रेग्मीको भनाइ छ, "यसलाई भड्किलो प्रतिस्पर्धा होइन, आत्मीयतासँग मनाउनु आजको आवश्यकता हो।"
उनले सबै नेपालीको जीवनमा दसैंले शान्ति, प्रगति र समृद्धि ल्याओस् भन्ने कामना पनि गरेका छन्। पूर्वअध्यक्ष रेग्मीले सबै नेपालीमा नवीन ऊर्जा, आशा र विश्वासको सञ्चार होस् भन्ने कामनासहित दसैंको शुभकामना व्यक्त गरेका छन्।












