रास्वपाको सचिवालय बैठक बस्दै
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने जनाइएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकमा पार्टी संगठनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनेछ। विशेषगरी भेला र अधिवेशनको तालिका तय गर्ने विषयमा निर्णय हुन सक्ने बताइएको छ। त्यस्तै आयोग र विभागका पदाधिकारी मनोनयन गर्ने तथा केही जिल्ला समिति विघटन गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ। बैठकमा अनुसन्धानात्मक कारबाही सम्बन्धी विषयमा पनि छलफल हुनेछ। साथै केन्द्रीय समिति बैठक बोलाउने तयारीबारे समेत निर्णय लिन सकिने जनाइएको छ।







