एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा घरेलु मैदानमै सेल्टा भिगोसँग १–० को हार
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा घरेलु मैदानमै सेल्टा भिगोसँग १–० को हार व्यहोरेको छ ।
शनिबार मेट्रोपेलिटानो रंगशालामा बोर्जा इग्लेसियासले दोस्रो हाफमा गरेको एकमात्र गोल पाहुना टोली सेल्टालाई जित दिलाउन पर्याप्त बन्यो । उनले ६२औँ मिनेटमा गोल गरेका थिए ।
लिगमा सेल्टाको यो लगातार दोस्रो जित हो । जितसँगै ३५ खेलमा ५० अंक जोडेको सेल्टा छैटौँ स्थानमा कायम छ । पराजित एट्लेटिको समान खेलबाट ६३ अंकका साथ चौथो स्थानमा यथावत छ ।
शनिबारै सम्पन्न अन्य खेलमा सेभियाले स्पान्योललाई २–१ ले पराजित गर्दा रियाल सोसिडाड र रियाल बेटिस २–२ को बराबरीमा रोकिए ।






