कोशी सरकारको नेतृत्वमा सुदन किराती ? साम्पाङले मागे राय
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले नेतृत्वको श्रम संस्कृति पार्टीले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका लागि सुदन किरातीलाई अघि सार्ने तयारी गरेको छ।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत किरातीको नाम सार्वजनिक गर्दै जनमत समेत मागेका छन्। उनले फेसबुकमार्फत लेखेका छन्, “हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !”
दुई दिनअघि मात्रै औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किरातीलाई अब पार्टीले मुख्यमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि बढाउन खोजेको चर्चा सुरु भएको छ। यसअघि पनि किराती पार्टी प्रवेश गर्दा उनलाई भविष्यमा मुख्यमन्त्री बनाउने सहमतिमा पार्टी प्रवेश गराइएको चर्चा राजनीतिक वृत्तमा चलेको थियो।







